काठमाडौं । दीपेन्द्रसिंह ऐरीको शतकमा नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा २७९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा २७८ रन बनाएको छ ।
नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका छन् । एकदिवसीय क्रिकेटमा पहिलो शतक हानेका दीपेन्द्रले १०५ रन बनाएका छन् । उनले १४० बलमा ७ चौका हिर्काएका छन् । युवा ब्याट्सम्यान देव खनालले ७२ रनको योगदान दिएका छन् । उनले ८६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । शुक्रबार डेब्यू गरेका देवले दोस्रो खेलमा अर्धशतक प्रहार गर्न सफल भएका हुन् ।
त्यसअघि ओपनर कुशल भुर्तेल गोल्डेन डकआउट हुँदा अर्का ओपनर अनिल साह १ रनमै आउट भए । रोहित पौडेलले ३५ रन जोड्दा भीम सार्कीले २६ रनको योगदान गरे। पवन सर्राफ ० र आरिफ शेख ४ रनम आउट भएका थिए । सोमपाल कामीले नटआउट ४ रन जोड्दा कप्तान सन्दीप लामिछानले ९ बलमा नटआउट २४ रन बनाएका थिए । सन्दीपले अन्तिम ओभरमा १६ रन बनाएका थिए ।
प्रकाशित मिति:
शनिबार, चैत १२, २०७८, १३:३६:००