एजेन्सी । पाकिस्तान मुस्लिम लीग-नवाज पार्टीका नेता शहबाज शरीफ पाकिस्तानको २३ औं प्रधानमन्त्रीमा चयन भएका छन् । आज संसद बैठकमा भएको मतदानमा शहबार शरीफको समर्थनमा १ सय ७४ मत परेको थियो । उनको विपक्षमा कुनै पनि मत परेन ।
इमरान खानको पार्टी पिटिआईका शाह महसुद कुरैशी पहिला निर्वाचन लड्ने बताए पनि संसदको कारबाही सुरु हुनेबित्तिकै संसद पदबाट राजीनामा दिँदै निर्वाचन नलड्ने घोषणा गरेका थिए । प्रधानमन्त्री चुनिएका शहबाज शरीफले सोमबार राति ८ बजे शपथग्रहण गर्नुहुने पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि आइतबार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वास प्रस्ताव बहुमतले पारित भएको थियो । प्रधानमन्त्रीको पदबाट हट्नेबित्तिकै उनले देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
प्रकाशित मिति:
सोमबार, चैत २८, २०७८, १८:३५:००