विराटनगर । विराटनगरस्थित नेपाल भारत सीमावर्ती क्षेत्रबाट मान्छेका ड्डीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । चेक जाँचका क्रममा सशस्त्र प्रहरीले मान्छेका ड्डीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल बीओपी (बोर्ड आउट पोस्ट) रानीले आज मंगलबार दिउँसो भारतीय सीमावर्ती क्षेत्र रानीबाट मान्छेका हड्डीसहित भारत बिहारको पूणर्िया नगरपञ्चायत घर भएका २६ वर्षका आदित्य सिन्हालाई पक्राउ गरेको जनाएको छ । सिन्हा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रतिष्ठानले सन् २०१६ मा जारी गरेको परिचय पत्र mेला परेको प्रहरीले जनाएको छ ।
पढाइ सकेर भारत घर फर्कने क्रममा उनले कार्टुनमा लुकाएर मान्छेका हड्डी लैजाँदै गरेका उनलाई पक्राउ गरिएको हो । सशस्त्र प्रहरीका अनुसार सिन्हाको साथबाट एउटा मानिसको सिङ्गो शरीरका हड्डी सहित थप हड्डी बरामद गरिएको छ । सिन्हाको साथबाट मानव खप्पर, बंगारा, घाँटी र हिपको हड्डी १/१ वटा, काँधको हड्डी २, खुट्टाको नली हड्डी ३, हातको हड्डी ६, करङ ७, ढाड, औंला र कुर्कुच्चाको हड्डी ८/८ वटा बरामद भएको उनले बताए ।
पक्राउ परेका सिन्हाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढ्ने पुराना विद्यार्थीबाट अध्ययनका लागि मानव कङ्काल पाएको र पढाइ सकिएपछि घर फर्कने क्रममा लगेको बताएका छन् । उनले मानवको हड्डी लगेको विषयमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई जानकारी नगराएको बताए । पक्राउ परेका सिन्हालाई सशस्त्र प्रहरीले आवश्यक कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
प्रकाशित मिति:
मंगलबार, चैत २९, २०७८, १६:२२:००