काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा केसीलाई नियुक्त गर्ने निणर्य गरेको हो ।
सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएका थिए । नयाँ आईजीपीको प्रतिस्पर्धामा एआईजी केसी र रामशरण पौडेल थिए । सरकारले वरियताका आधारमा केसीलाई महानिरीक्षक नियुक्त गरेको जनाएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएका केसीको कार्यकाल भने २१ दिन मात्र हुनेछ । उमेर हदका कारण केसी र एआईजी पौडेल दुबैले वैशाख १९ गते अवकास पाउनेछन् । त्यसपछि फेरि नयाँ सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्नुपर्ने हुन्छ ।
प्रकाशित मिति:
बुधबार, चैत ३०, २०७८, १२:४४:००