काठमाडौं । सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी वर्ष जेठमा गण्डकी प्रदेशको पोखरामा आयोजना गर्नेृ निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको पोखरामा गर्ने निणर्य गरेको खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिएका छन् ।
हरेक दुई वर्षमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ सालमै आयोजना गर्नुपर्ने थियो तर विश्वव्यापी फैलिएका कोरोना भाइरस महामारीका कारण एक वर्षका सारिएको थियो । त्यसपछि पनि प्रतियोगिता समयमा आयोजना हुन सकेन । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यकारी नेतृत्वको विवाद सर्वोच्च अदालतसम्म पुग्दा तोकिएको समयमा प्रतियोगिता हुन नसकेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद वैठकले निणर्य गरे पनि मनसुन सुरु हुने समय तथा पोखरामा धेरै वर्षा हुने स्थान भएकाले प्रतियोगिता समयमै हुनेमा चुनौती रहेको खेल क्षेत्रका जानकारहरुले बताएका छन् ।
प्रकाशित मिति:
बुधबार, चैत ३०, २०७८, १६:२९:००