धनगढी । सुदूरपश्चिम साहित्य समाजको १४औं साधारण सभाबाट अध्यक्षमा तीर्थराज पाण्डेय निर्वाचित भएका छन् । आज शनिबार सुदूरपश्चिम साहित्य समाजको धनगढीमा रहेको कार्यालयमा आयोजित १४औं सधारण सभाले पाण्डेयको नेर्तत्वमा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन गरेको हो ।
सुदूरपश्चिम साहित्य समाजको १४ औं सधारण सभाले अध्यक्ष सहित सम्पुर्ण कमिटी निर्बिरोध रुपमा निर्वाचित गरेको छ । नव निर्वाचित कमिटीको उपाध्यक्षमा टोपेन्द्र शाह, रुपा स्वाँर, हरिकृष्ण कडायत रहेका छन् । यस्तै साहित्य समाजको महासचिवमा गणेश नेपाली, सचिवमा तोयनाथ भट्ट, कोषाध्यक्षमा दुर्गा मल्ल र सह-कोषाध्यक्षा यशोदा भण्डारी चयन भएका छन् ।
यस्तै साहित्य समाजको सदस्यमा दलबहादुर बोगटी, प्रेम बिबश चन्द, भुलिया राना, नवराज ओझा, सुधा चाड, हेमन्ता भट्टराई, दुर्गा जोशी, भरत नेपाली र सानु चौधरी निर्विरोध चयन भएका छन् ।
प्रकाशित मिति:
शनिबार, वैशाख ३, २०७९, १४:०३:००