काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा बम नभएको पुष्टि भएको छ । विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलको ६ ठाउँमा बम भएको फोन गरेपछि विमानस्थलमा हंगामा भएको थियो ।
फोन आएसँगै सेनाको बम डिस्पोजल टोलीसहितले सर्च गर्दा बम नभएको पुष्टि भएको बताइएको छ । बुधबार बिहान अज्ञात व्यक्तिले विदेशबाट विमानस्थलको ६ ठाउँमा बम भएको फोन फोन गरेर भ्रामक सूचना दिएका थिए । नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई ल्याण्ड लाइनमा फोन गर्दै आन्तरिक तर्फको टर्मिनलमा ६ ठाउँमा बम भएको सूचना दिएको पाइएको त्रिभुवन विमानस्थल कार्यालयका एसएसपी भीमप्रसाद ढकालले बताए ।
भ्रामक सूचना फैलाउने व्यक्तिले डिङटोङ नामक एप्स प्रयोग गरेर फोन गरेको पाइएको प्रहरीको जनाएको छ । उनले विमानस्थलबाट बाहिर निकालिएका यात्रुहरुलाई पुन विमानतर्फ पठाउन थालिएको र अवस्था सामान्य बनेको बताए । प्रहरीले भ्रामक सूचना दिने उपर अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति:
बुधबार, वैशाख २१, २०७९, ११:४८:००