डडेल्धुरा । डडेलधुरा जिल्लाको आलिताल गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका यज्ञ बहादुर देउवा ( योगेन्द्र) निर्बाचित भएका छन् । देउवा ४५७ मत प्राप्त गर्दै विजयी भएका छन् ।
यस्तै महिला सदस्यामा हिमा ओली ४२४ र दलित महिला सदस्यमा नारदा देबि कामी ३९२ मत प्राप्त गर्दै विजय भएका छन् । एमालेबाट खुला सदस्य प्रकाश थापा र तुलाराम बोहरा पराजित भएका छन् । खुला सदस्यमा भने नेपाली कांग्रेसबाट राम बहादुर बोगटी र कृष्ण खड्का बिजयी भएका छन् ।
वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका गम्भिर सिंह बोहराले ३७७ मत प्राप्त गरेका थिए । तेस्तै वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका सुरत बोहराले ६५ मत प्राप्त गरेका छन् । वडा नम्बर १ मा १३६७ मत मध्ये ९५७ मत खसेको थियो ।
प्रकाशित मिति:
शनिबार, वैशाख ३१, २०७९, १५:५४:००