डडेल्धुरा । डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्ष नेकपा एमालेका उम्मेदवार कुम्भर बुढाले कांग्रेस उम्मेदवार रामबहादुर कुवरलाई पराजित गरेका छन् । उनले २२९ मत ल्याएका छन् ।
बुढा यसअघि पनि वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन् । उनका प्रतिद्वन्दी काँग्रेस उम्मेदवार रामबहादुर कुवरले २१८ मत प्राप्त गरेका छन् । उनीसंगै महिला सदस्य एमाले र दलित महिला सदस्य माओवादी केन्द्र तथा खुल्ला सदस्य दुई जना भने नेपाली काँग्रेसले जितेको छ ।a
प्रकाशित मिति:
आईतबार, जेठ १, २०७९, १४:३६:००