काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि लुम्बिनी भ्रमणमा आउँदै कार्यक्रम रहेको छ । २,५६६ औं बुद्ध जयन्ती मूल समारोहमा सहभागिताका लागि मोदी लुम्बिनी आउन लागेका हुन् ।
स्थानीय तहको चुनावलगत्तै लुम्बिनीमा हुन लागेको मोदीको भ्रमणलाई विशेष चाँसोका साथ हेरिएको छ । मेला र पर्वलाई विशेष कुटनीतिका रुपमा प्रयोग गर्न चाहने मोदीको स्वगतका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी पुगिसकेका छन् । बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री देउवाले मोदीलाई लुम्बिनी भ्रमणको निम्तो दिएका थिए ।
मोदीको सुरक्षाका लागि केही दिनअघि नै भारतीय वायु सेनाको विशेष टोली लुम्बिनी आइसकेको छ । मोदी भालि बिहान ११ बजे हेलिकप्टरमार्फत लुम्बिनी आउने छन् । मोदी लुम्बिनी आउने भएपछि बुटवल लगायत त्यस क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।
प्रकाशित मिति:
आईतबार, जेठ १, २०७९, २१:३६:००