डोटी । डोटी जिल्लाको आदर्श गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडामा विजयी भएको हो ।
गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गणेशबहादुर खड्का विजयी भएका छन् । खड्का ३ हजार एक सय ५० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार डम्बर ओलीले दुई हजार ९ सय ५० मत पाएका छन् । नेकपा (माओवादी केन्द्र) उम्मेदवार योगेन्दबहादुर खड्काले ७८० मत पाएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तारा प्रसाद ओझा १ सय ३७ मतपाएका छन् ।
त्यस्तै, गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी धामी (रोकाया) तीन हजार ५१ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार जानकी खड्काले दुई हजार ९ सय ६१ मत पाइन् । नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रमेश विष्टले ३ सय ३३ मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कविता साउदले एक सय ५२ मत पाएका छन् ।
प्रकाशित मिति:
सोमबार, जेठ २, २०७९, ११:४७:००