डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकामको अमरगढी नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार खडक बोहरा विजयी भएका छन् । बोहराले ४४५ मत ल्याएर आफ्नो प्यानल सहित विजयी हासिल गरेका छन् ।
बोहराले काँग्रेसका बागी उम्मेदवार केशव भट्टराईलाई ११४ मतको अन्तरले पराजित गरेका छन् । वडाध्यक्षमा पराजित भट्टराईले ३३१ मत पाएका छन् । वडाध्यक्षमा पराजित भट्टराई काँग्रेसको उम्मेदवारको टिकट वितरणमा असन्तुस्ट राखेर स्वतन्त्र रुपमा चुनाव लडेका थिए । उनलाई काँग्रेसले कारवाही गरेको काँग्रेस डडल्धुराका पुर्व सभापति कर्ण मल्ल पक्षको समर्थन रहेको थियो । मल्ल पक्षले स्थानीय तहको चुनावमा नेपाली काँग्रेस बिपीको चुनाव चिन्ह करुवाबाट भाग लिइरहेको छ ।
प्रकाशित मिति:
सोमबार, जेठ २, २०७९, १४:०५:००