बझाङ । बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दिलबहादुर थापा विजयी भएका छन् । थापाले २८२३ मत ल्याएर विजयी भएका छन् । थापासंग पराजित नेकपा एमालेका उम्मेदवार दलबहादुर थामी १८८३ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार जनक दौल्यालले २८४० मत ल्याएर विजयी भएका छन् । उनीसंग पराजय भएका एमालेकी उम्मेदवार शारदा विश्वकर्माले ११०१ मत ल्याएकी छन् ।
प्रकाशित मिति:
सोमबार, जेठ २, २०७९, १७:५३:००