डडेल्धुरा । डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको छन् । अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार उमेशप्रसाद भट्ट दोरिएका हुन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए ।
अध्यक्षमा निर्वाचित भट्टले २४६९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पदम पालले २२९७ मत पाएका छन् । यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसकी उम्मेदवार बसन्ती पाल निर्वाचित भएकी छिन् । उपाध्यक्षमा विजयी पालले २५६५ मत ल्याएकी छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कलावती भाणले २३०९ मत पाएकी छिन् । उपाध्यक्षमा पराजित भाण २०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिकाको उपाध्यक्षमा विजयी भएकी थिइन् ।
प्रकाशित मिति:
सोमबार, जेठ २, २०७९, १८:०६:००