काठमाण्डौं । नेपाल शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदार दास मोदीको उपस्थितिमा दुई देशबीच विभिन्न पाँच बुदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणका क्रममा आज शैक्षिक, साँस्कृतिक एवम् प्राविधिक विषयमा सहकार्य गर्नेसम्बन्धी बेग्लाबेग्लै पाँच बुदे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
पाँच बुदे समझदारीपत्रहरुमा लुम्बिनी बुद्धिष्ट विश्वविद्यालय र इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (आइसिसिआर), सेन्टर फर नेपाल एण्ड एसियन स्टडिस (सिएनएस) र त्रिभुवन विश्वविद्यालयसँग इन्डियन काउसन्सिल फर कल्चरल रिलेसन (आइसिसिआर) बीच सम्झौता भएको छ । काठमाडौं विश्वविद्यालय र इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (आइसिसिआर) सँग सम्झौता भएको छ । काठमाडौं विश्वविद्यालय र नेपाल एण्ड द इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजी मदरासवीच सम्झौता भएको छ । अरुण ४ निर्माण गर्न एसजेभीएन कम्पनीबीच सम्झौता भएको छ ।
यसैबीच, भारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेज नेपालको नेपाल र भारतका प्रधानमन्त्रीद्वय देउवा र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका छन् । नेपालको एक दिने भ्रमणका क्रममा आज सोमबार बिहान लुम्बिनी आइपुगेका भारतका प्रधानमन्त्री मोदी लुम्बिनीमा आयोजित विभिन्न समारोहमा सहभागि भएर आजै भारत जाने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति:
सोमबार, जेठ २, २०७९, १८:२४:००