बैतडी । बैतडी जिल्लाको दशरथचन्द नगरपालिकाको मेयरमा नेकपा एमालेका पुष्करराज जोशी (लख्खाभाइ) विजयी भएका छन् । उनले नेपाली काँंग्रेसका उम्मेदवार गजेन्द्रसिंह रावललाई पराजित गरेका छन् । मेयरमा विजयी भएका लख्खाभाइले ६ हजार ५ सय ८५ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेस उम्मेदवार रावलले ५ हजार ४ सय २७ मत ल्याएका छन् ।
दशरथचन्द नगरपालिकामा २०५४ सालदेखि नै नेपाली कांग्रेस विजयी हुँदै आएको थियो । दशरथचन्दमा कांग्रेसले पहिलो पटक हार व्यहोरेको हो । मेयरमा विजयी लख्खाभाइ २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा ६२ मतले नेपाली कांग्रेसका नरेन्द्रसिंह थापासंग पराजित भएका थिए । उनी त्यतिबेला राप्रपा नेपालबाट चुनाव लडेका थिए । कांग्रेसले यसपटक दशरथचन्द नगरपालिकाका अधिकांश वडाहरुमा समेत हार व्यहोरेको छ । काँग्रेस गएको स्थानीय तह चुनावमा ८ वडा जितेको थियो । यसपटक काँग्रेसले ३ वडा मात्रै जिको छ ।
दशरथचन्द नगरपािलकाको उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कौशिला चन्द विजयी भएकी छिन् । उनले नेकपा एमालेकी उपमेयरकी उम्मेदवार सरस्वती नेपालीपराजित गरेकी हुन् । विजयी चन्द ६ हजार १ सय ७० मत ल्याएकी छन् । उनसंग पराजित नेकपा एमालेकी सरस्वती नेपालीले ५ हजार ४ सय ९५ मत पाएकी छन् ।
दशरथचन्द नगरपालिकाका ११ वडा मध्ये वडा नं १ मा एमालेका विष्णुदत्त भट्ट, वडा नं २ मा एमालेका सूर्यबहादुर बोहरा, वडा नं ३ मा एमालेका अजब पाण्डे, वडा नं ४ मा एमालेका भानदेव भट्ट, वडा नं ५ मा, केशब लेखक वडा नं ६ मा नेपाली कांग्रेसका महेन्द्र कार्की विजयी भएका छन् । यस्तै वडा नं ७ मा एमालेका हरिदत्त बडु, वडा नं ८ मा नेपाली कांग्रेसका चामुसिंह थापा, वडा नं ९ मा एमालेका मोहनदेव जोशी, वडा नं १०मा कांग्रेसका त्रिलोकसिंह बिष्ट र वडा नं ११ मा एमालेका जयदत्त पन्त विजयी भएका छन् ।
प्रकाशित मिति:
मंगलबार, जेठ ३, २०७९, ०७:१३:००