डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा नम्बर ५ बागबजारमा सिलाई पसल संचालन गरेर व्यवसाय गरिरहेका फेसन डिजाईनर हुन श्याम सिनाल । परम्परागत पुर्ख्यौली कपडा सिलाई सिपमा आफ्नो बुवा रमेश सिनालद्वारा दिक्षित उनी सिलाई सीपमा नयाँ प्रयोग गर्ने सिर्जनशील पेशाकर्मी र उद्यमी हुन् । हालै उनी नेपाली पोशाक दौरामा लगाईने कोटमा आफ्नो सिपको अनुपम कला देखाउन सफल भएका छन् ।
कोट विश्वभरी नै सबै देश र ठाउँका महिला र पुरुषले पहिरिने गरेका छन् । दौरामा कोट पहिरिदा सुनमा सुगन्ध भने झैं सुन्दरता झल्किन्छ । यस अर्थमा सगर्व भन्न सकिने कार्य उनले आफ्नो पुर्ख्यौली सिपलाई कोटको कालरमा नेपाली राष्ट्रीय झण्डा अंकित गरेर देखाएका छन् । कोटको कालरको बनौट नै नेपाली राष्ट्रीय झण्डाको आकारको भएको देखिन्छ। उनले नेपाली राष्ट्रीय झण्डा जस्तो देखिने कोटको कालरमा रातो पृष्ठभूमि र त्यसभित्र माथी सेतो रंगको चन्द्रमा र त्यसको मूनितिर सेतै रंगको सुर्य बनाएर कोटलाई पनि नेपाली पोशाकको रूपमा भएको दह्रोसंग सगर्व घोषणा गरेका छन् ।
यो सिर्जनात्मक र देशभक्तिपूणर् कार्यका लागि उनले कोटको कपडाको रंग निलो छनौट गरेका छन्। निलो रंग छनौट गर्दा कोटको कालरमा चन्द्र सुर्य अंकित झण्डाको रातो पृष्ठभूमि मात्र राख्दा कालरको किनारको भाग झण्डाको निलो किनार स्वतः बन्छ। कोटको कपडाको रंग छनौट, कालरको आकारलाई नेपाली राष्ट्रीय झण्डासंग तुलना गरि कोटमा नेपालीपन झल्काउन सकिने कल्पना गर्नु र त्यसलाई मुर्त रूप दिदा सम्म देशभक्तिपूणर् चेतना र पेशाप्रति उनको लगाव तथा सिर्जनात्मक क्षमताले भरपुर काम गरेको छ ।
श्याम सिनालको विशेषता नै उनले सिलाउने गरेका कपडामा नयाँपन निकाल्नु हो । ग्राहकका रुचि र माग अनुसार नयाँ फेशनलाई डिजाईन गर्नमा उनको कुशल सीप अत्यन्तै प्रशंसनीय छ। जापनमा व्यवसाय गरिरहेका युवा उद्यमी डडेल्धुरा अमरगढी ४ का विनय मल्ल्ले श्याम सिनालसंग आफ्ना लागि सानदार डिजाईन गरिदिनका लागि अनुरोध गर्दा सिनालले कोटको कालरमा राष्ट्रीय झणडा अंकित कोट डिजाईन गरे। विनय मल्ल जापानमा व्यवसाय संचालन गरिरहेका समाजसेवी युवा हुन् । मल्लले डडेल्धुरामा सामाजिक क्रियाकलापमा पनि आफूलाई व्यस्त राखेका छन्। विनय मल्ल तन विदेशमा रहेपनि मन स्वदेशमै भैरहने वैदेशिक रोजगारी र विदेशमै विभिन्न पेशा व्यवसायमा रहेका नेपाली मध्येका हुन्। प्राय गरेर विदेशमै भैरहने मल्ल र जन्मभूमिमा सक्दो सामाजिक क्रियाकलाप गरिरहने मल्लको स्वभाव अनुसारको कोट डिजाईन गरे श्याम सिनालले ।
नेपाली पोशाक दौरामा नेपालका परम्परागत रूपमा कपडा सिलाई गर्ने पुर्ख्यौली पेशाकर्मीहरूले मौलिकता थपेर छुट्टै पहिचान दिन सफल भएका थिए। दौरा नेपाली पोशाक भएपनि यसको मिल्दोजुल्दो रूप अन्यत्रका पोशाकहरूमा पनि देखिन्छ । यसो हेर्दा नेपालका सिलाई पेशाकर्मीहरूले दौरामा नेपाली मौलिकता थपी दिएर नेपाली पोशाक संस्कृतिलाई समृद्ध बनाएका हुन् । नेपाली पोशाकको रूपमा स्थापित दौरा मौलिक नेपाली राष्ट्रिय पोशाक हो । यसमा नेपालका परियार समुदायको योगदान रहेको छ । कोटमा नेपालीपन थपेर नेपाली राष्ट्रियता झल्किने देशभक्तिपूणर् पोशाक बनाउन श्याम सिनालको योगदान र सिद्ध हस्त सिपको अविस्मरणीय योगदान भावी पुस्ताले सम्झिरहने छ ।
यद्यपि श्याम सिनाल फेसन डिजाईनमा कुनै विश्वविद्यालय वा प्रशिक्षण प्रतिष्ठानका दिक्षित होईनन् । फेशनको दुनियामा उनले जे जति गर्न सकेका छन् त्यसको सबै श्रेय उनका सिद्ध हस्त आफन्त र उनका पिता रमेश सिनाललाई जान्छ। फेसन डिजाईन सम्बन्धी औपचारिक अध्ययन गर्ने अवसर नपाएका सिनालले गरेका फेसन सम्बन्धि कार्यहरू प्रसंशनीय छन्। फेसन डिजाईन उनको रूचिको विषय हो । कहिले ग्राहकहरूको चहाना र कहिले आफ्नै लहडमा फेसन सम्बन्धी नौला प्रयोगहरू गर्छन् उनी । नयाँ फेशनको सिर्जना गर्दा लाग्ने समय र सिपको प्रतिफल भने उनले पाउन सकेका छैनन् ।
उनलाई नयाँ प्रयोग गर्न दत्तचित्त भएर लाग्न स्थानीय फेसन प्रेमी युवाहरू र पोशाक शौकिन व्यक्तिहरू प्रोत्साहित गरिरहन्छन्। त्यो प्रोत्साहन नै उनका लागि पेशामा लागिरहन उर्जा र प्रेरणा भएको छ। कहि कतैबाट उनको प्रतिभा र सिपलाई हुनुपर्ने सहयोग भएको छैन्। तर पनि आफ्नो यात्रा जारी राखेका छन्। विगत दुई दशक बढी बर्ष देखिको साधना हो उनको कालरमा राष्ट्रीय झण्डा अंकित कोट। यो सिर्जनाले श्यामको पेशा प्रतिको समर्पण, साधना, लगन र परिश्रम आफ्नै लागि मात्र होईन देशको गौरव वृद्धि गर्न पनि त्यत्तिकै अहम् छ भन्ने देखिन्छ ।
पेशा पारम्परिक होस या आधुनिक त्यो जिविकोपार्जनको आधार हुनै पर्दछ। तब मात्र पेशाकर्मी आत्मनिर्भर हुन्छ । आत्मनिर्भर पेशाकर्मीले मात्र आफ्नो सिपमा परिमार्जन गर्न सक्तछ। आत्मनिर्भर पेशाकर्मीले मात्र आफ्नो पेशाको सिर्जनशिलतामा सौन्दर्यको प्रवेश गराएर अनुपम कलाको रूपमा सिर्जनालाई पस्किन सक्तछ। श्याम सिनालको परिवार धान्ने पेशा नै पोशाक सिलाउने हो। परिवार धानेर आत्मनिर्भर बन्ने कि आफ्नो सिपमा कलाको प्रवेश गराएर सिपको सौन्दर्य र कलामा निखार ल्याएर पेशाको गरिमा उच्च राख्न यस अर्थमा श्यामले सिर्जना गर्न सक्ने सुन्दर कला, सम्बन्धित निकायको सहयोग बिना निरन्तर अगाडि बढाउन उनलाई चुनौती छ। अनेक चुनौतिका बिचबाट उनी सिर्जनशील पेशाकर्मी बन्न सकेका छ्न् । सिपमा परिमार्जन गर्न र परिवार धान्न कठिन परिस्थितिको उनी सामना गरिरहेका छन् ।
कुनै पनि पोशाकमा नयापन ल्याउन एकाग्रता, समय, अध्ययन, सम्बन्धित प्रविधिले स्थापित ठाउको भ्रमण अति आवश्यक छ । त्यसका लागि उनलाई सम्बन्धित संघ, संस्था र निकायले अवसर दिन कन्जुस्याई गर्नु हुदैन् । आफ्नो ठाउका श्याम जस्ता सिद्ध हस्त पेशाकर्मीलाई प्रयाप्त अवसर प्रदान दिन पालिकाहरूले तत्पर भैदिनुपर्दछ । स्थानीय सिर्जनशील पेशाकर्मीहरूलाई र उनीहरूको सीप र कलालाई संरक्षण,संबर्धन र प्रबर्द्धन गर्न स्थानीय तहहरूले नीति निर्माण, योजना तर्जुमा गरी र कार्यक्रम संचालन गर्न आवश्यक छ । स्थानीय तहहरूले श्याम जस्ता पेशाकर्मीहरूलाई प्रोत्साहित गर्न सकेका खण्डमा युवा पुस्तालाई स्थानीय सीप र कला प्रति अभिरुचि जगाउने र अवलम्बन गर्न प्रेरणा दिलाई जिविको पार्जनको माध्यम बनाउन आकर्षित गर्न सकिने देखिन्छ। स्थानीय स्तरमा स्वरोजगारी समेत बढ्ने देखिन्छ । अझ यस्ता सीपको सुदृढीकरण गर्न श्याम जस्ता सिद्ध हस्त पेशाकर्मीहरूलाई उत्प्रेरक व्यक्तिका रूपमा स्थापित गराउन सक्नुपर्छ ।
स्थानीय स्तरमा भएका सीपको आधुनिकीकरण गर्न सकियो र व्यवसायीकरण गरेर उद्योगका रूपमा संचालन गर्न सकियो र परम्परागत सीप र पेशाप्रतिको आकर्षण बढाउन सकियो भने स्थानीय माग मात्र नभएर स्थानीय सीप र उत्पादनको अन्यत्र पनि खपत हुने सम्भावना बढ्छ। विगतमा परम्परागत शीपका सिद्धहस्त पेशाकर्मीहरूले जति उत्कृष्ट सिर्जना देश र समाजलाई पस्कदा पनि उनीहरूले न सम्मान पाए न उचित संरक्षण र जीवन निर्वाह हुने आधार पाए । त्यसकारण पनि परम्परागत पेशामा लागेका समुदायका नया पुस्ता आफ्नो पुर्खयौली पेशा प्रति उदासिन देखिन्छन्। यसकारण हाम्रा साँस्कृतिक धरोहर परम्परागत सीप र कला लोप हुने अबस्थामा पुगेका छन्। यस्तो अवस्थामा पनि श्यामको पुर्ख्यौली पेशाप्रतिको अगाध प्रेम र समर्पण प्रेरणाको श्रोत हो नै। उनको सीप र कलामा देखिएको देशप्रेम वन्दनीय छ ।
कला प्रति अभिरुचि जगाउने र अवलम्बन गर्न प्रेरणा दिलाई जिविको पार्जनको माध्यम बनाउन आकर्षित गर्न सकिने देखिन्छ। स्थानीय स्तरमा स्वरोजगारी समेत बढ्ने देखिन्छ । अझ यस्ता सीपको सुदृढीकरण गर्न श्याम जस्ता सिद्ध हस्त पेशाकर्मीहरूलाई उत्प्रेरक व्यक्तिका रूपमा स्थापित गराउन सक्नुपर्छ । स्थानीय स्तरमा भएका सीपको आधुनिकीकरण गर्न सकियो र व्यवसायीकरण गरेर उद्योगका रूपमा संचालन गर्न सकियो र परम्परागत सीप र पेशाप्रतिको आकर्षण बढाउन सकियो भने स्थानीय माग मात्र नभएर स्थानीय सीप र उत्पादनको अन्यत्र पनि खपत हुने सम्भावना बढ्छ ।
विगतमा परम्परागत शीपका सिद्धहस्त पेशाकर्मीहरूले जति उत्कृष्ट सिर्जना देश र समाजलाई पस्कदा पनि उनीहरूले न सम्मान पाए न उचित संरक्षण र जीवन निर्वाह हुने आधार पाए । त्यसकारण पनि परम्परागत पेशामा लागेका समुदायका नया पुस्ता आफ्नो पुर्खयौली पेशा प्रति उदासिन देखिन्छन् । यसकारण हाम्रा साँस्कृतिक धरोहर परम्परागत सीप र कला लोप हुने अबस्थामा पुगेका छन्। यस्तो अवस्थामा पनि श्यामको पुर्ख्यौली पेशाप्रतिको अगाध प्रेम र समर्पण प्रेरणाको श्रोत हो नै । उनको सीप र कलामा देखिएको देशप्रेम वन्दनीय छ ।