धनगढी । सुदूरपश्मिाञ्चल साहित्य समाजका महासचिव एवं कवि गणेश बहादुर नेपालीको पहिलो कविता संग्रह ‘‘कसन’’ लोकार्पण गरिएको छ । बुधवार धनगढीमा रहेका सुदूरपश्चिम साहित्य समाजको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननिय गोविन्दराज बोहराले नेपालीको पहिलो कविता संग्रह ‘‘कसन’’ लोकार्पण गरेका हुन् ।
कविता संग्रह ‘‘कसन’’ लोकापणर् कार्यक्रममा सामामजिक मन्त्री बोहराले कसन कविता संग्रहका सर्जक नेपालीलाई नेपाली साहित्यमा नयाँ सृजना थपेकोमा बधाई तथा धन्यवाद व्यक्त गरेका थिए । साहित्य मानिसको जीवनको अभिन्न अंग भएको भन्दै उनले साहित्य विना समाज अधुरो र अपुरो हुने तथा साहित्यलाई हरेकले हरेक किसिमबाट बुझ्न सक्ने बताए ।

मन्त्री बोहराले ठूल-ठूला परिवर्तनहरु साहित्यको माध्यमबाट सम्भव भएको बताएका थिए । उनले साहित्य विना समाज अगाडि बढ्न नसक्ने बताए । मन्त्री बोहराले सुदूरपश्चिम साहित्य समाजका लागि प्रदेश सरकार र आफ्नो मन्त्रालयबाट कुनै पनि कमि हुन नदिने प्रतिवद्धता गरेका थिए । आर्थिक, भौतिक र मानसिक रुपले आफु साहित्य समाजका लागि सहयोग गर्न तयार रहेको बताएका थिए ।
सुदूरपश्मिाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा २०७४ का मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी विशिष्ट अतिथि रहनु भएको थियो । लोकार्पण कार्यक्रममा विभिन्न साहित्यकारहरुले मन्तव्य राखेका थिए ।
प्रकाशित मिति:
बुधबार, जेठ १८, २०७९, २२:०७:००