डडेल्धुरा । डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकाको प्रसासनिक भवनमा आगलागी भएको छ । गाउँपालिकाको प्रसासनिक भवनको प्रसासन कक्षमा आगलागी भएको हो । आगलागीको घटना संकास्पद रहेको छ ।
गाउँपालिकाका चौकीदार दान बहादुर मडैले बिहान करिब ४ बजे तिर आगलागि भएको आफुले थाहा पाएको बताए । उनले आफुले बिहान ४ बजे लाइट गएपछि आगलागी भएको थाहा पाएको बताए । । आगो लागेको थहा पाएपछि आफुले निभाएको र ठुलो क्षेति हुनबाट जोगिएको बताए ।

आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले आफु कामको सिलसिलामा संघिय राजधानी काठमाडौंमा रहेको बताए । उनले आफुले पनि पालिकाको प्रशासन भवनको बाहिर रहेको सोफामा आगो लागेको र त्यहीबाट आगोले झ्याल जलेर भित्र गएको र केही कागजात समेत जलेको जानकारी पाएको बताए । अध्यक्ष पार्कीले आगो कसरी लागेको हो, आफै केही कारणले लागेको वा कसैले लगाएको हो त्यसबारे अनुसन्धान गर्न आफुले प्रहरी प्रशासन सित आग्रह गरेको बताए ।
आलिताल प्रहरी चौकिका ईन्चार्ज भिमराज भट्टले पालिकाको प्रसासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठा भित्रका केहि कागजात आगलागीका कारण जलेको बताए । उनले भने बाहिर राखिएको सुचना पार्टीमा समेत आगो लगेको छ । उक्त घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए । आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
शुक्रबार, जेठ २०, २०७९, ०९:२२:००