काठमाडौं । नेकपा एकीकृत समाजवादीले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने भएको छ । आज बसेको पार्टी सचिवालय बैठकले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णय गरेको हो ।
एकिकृत समाजवादीले पुराना मन्त्री फिर्ता बोलाउने निणर्यसँगै नयाँ मन्त्री को को बन्लान् भन्ने चासो बढेको छ । एकिकृत समाजवादीले नयाँ मन्त्रीका रुपमा जीवनराम श्रेष्ठ,मेटमणि चौधरी, शेबहादुर कुँवर र हिराचन्द्र केसीको पठाउने तयारी गरेको छ । राज्य मन्त्री भवनी खाँपुङलाई बढुवा गरेर स्वास्थ्य मन्त्रीको बनाउने स्रोतले जनाएको छ । खपुङलाई विरोध खतिवडाको ठाउँमा मन्त्री बनाउन लागेको हो ।
एकिकृत समाजवादीले सहरी मन्त्री रामकुमारी झाक्रीको ठाउँमा मेटमणि चौधरी, पर्यटनमन्त्री प्रेम आलेको ठाउँमा जीवनराम श्रेष्ठ र श्रम मन्त्री किसान श्रेष्ठको ठाउँमा शेरबहादुर कुँवरलाई पठाइने भएको छ । हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने तयारी छ ।
प्रकाशित मिति:
आईतबार, जेठ २२, २०७९, १८:०४:००