धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले आइतबार प्रदेश सभाको १०औं अधिवेशनको पाँचौ बैठकमा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा आर्थिक विकास र गरिवी निवारणमा योगदान पुगाउन उद्यम विकास, रोजगार र स्वरोजगार कार्यक्रम, औद्योगिक जनशक्ति उत्पादन र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, लगानीमैत्री वातावरण सृजना गर्ने, प्रदेशमा प्राविधिक विश्वविद्यालय सञ्चालन गर्ने, एक सय ५० विद्यालयमा सूचना तथा प्रविधि विस्तार गर्ने लगायतका कार्यक्रम राखेको छ ।
मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम, मेरो स्वास्थ्य मेरो जिम्मेवारी, हाम्रो प्रदेश स्वस्थ प्रदेश, जनताको स्वास्थ्यको ख्याल सुविधासम्पन्न अस्पताल, स्वास्थ्यका लागि खेलकुद सबैका लागि खेलकुद, प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम, एक स्थानीय तह एक औद्योगिक कार्यक्रम, एक जिल्ला एक विशिष्ट उद्योग, पाहुनाको सत्कार सुदूरपश्चिमको संस्कार लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा अटाएका छन् ।
प्रदेश सरकारले प्रत्येक वर्षको असार १ गते बजेट ल्याउनुपर्ने र बजेट ल्याउनु भन्दा १५ दिने अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानूनी प्रावधान रहेको भएपनि यसपटिक ढिलो गरी नीति तथा कार्यक्रम ल्याएको हो ।
प्रकाशित मिति:
आईतबार, जेठ २२, २०७९, १८:३६:००