नवलपरासी । पश्चिम नवलपरासीको रामग्राममा रहेका जिल्ला अदालत अगाडी गोली चलेको छ । सरावल गाउँपालिका-४ का हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली चलाएको प्रहरीले जनाएको छ । पेस्तोलबाट दुई गोली प्रहार भएपनि गोलेी कसैलाई नलागेको प्रहरीले जनाएको छ ।
सोमबार जिल्ला अदालत परासीमा अंश मुद्दाको मिलापत्र गराउने क्रममा जिल्ला अदालत नजिकै हर्षरामले रोशनी यादवलाई लक्षित गरेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । गोली प्रहार गर्ने यादव फरार रहेको र उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । जिल्ला अदालत अगाडी दिउँसो नै गोली चलाए पछि स्थानीय त्रसित भएका छन् ।
प्रकाशित मिति:
सोमबार, जेठ २३, २०७९, १९:०१:००