काठमाडौं । सरकारले हाप्तामा दुई दिन सनिबार र आइतबार विदा दिँदै आएको निर्णय हटाएको छ । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि हप्ताको आइतबार विदा दिने यसअघिको निर्णय हटाएर अब हप्तमा एक दिन सनिबार मात्रै विदा दिने निर्णय गरेको हो ।
अब असार १ देखि हप्तामा एक दिन शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ । गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
प्रकाशित मिति:
सोमबार, जेठ २३, २०७९, १९:१२:००