काठमाडौं । २०७४ सालको स्थानीय तह चुनावमा विवेकशील नेपाली दलबाट काठमाडौंको मेयर पदमा चुनाव लडेकी रञ्जु दर्शना आउँदो संसदीय चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार बन्ने भएकी छन् ।
२०७४ सालको स्थानीय तह चुनावमा काठमाडौं महानरपालिकाको मेयर पदमा चुनाव लडेकी दर्शनाले २३ हजार ४३९ मत ल्याएकी थिइन् । विवेकशील साझा दल निकट रहेकी दर्शना पछिल्लो समय सक्रिय राजनीतिबाट टाढा रहेकी छिन् । विवेकशीलका संस्थापक अध्यक्ष उज्ज्वल थापा उम्मेदवार हुँदै आएको निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने दर्शनाले निणर्य गरेकी छन् । थापाले काठमाडौं क्षेत्र नम्बरm ५ बाट चुनाव लड्दै आएका थिए ।
गत संसदीय चुनावमा काठमाडौं ५ बाट एमालेका नेता इश्वर पोखरेल २३ हजार २९ मत ल्याएर विजयी भएका थिए । दोस्रो स्थानमा रहेका कांग्रेसका नेता डा. प्रकाशशरण महतले १३ हजार १६९ मत ल्याएका थिए । साझा पार्टीका तत्कालीन अध्यक्ष थापा ६ हजार ८५३ मत ल्याएर तेस्रो भएका थिए ।
प्रकाशित मिति:
बुधबार, जेठ २५, २०७९, १४:३७:००