धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय निलम्बनमा परेका छन् । निर्वाचन आयोगको पत्रपछि अध्यक्ष उपाध्याय निलम्बनमा परेका हुन् । आइतबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढी कैलालीलाई निर्देशनात्मक पत्र पठाएपछि उनी स्वतः पदबाट निलम्बित भएका हुन् ।
निलम्बनमा परेसँगै उनले जिल्ला समनवय समितिको निर्वाचनमा मतदान गर्न पाउने छैनन् । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम भ्रष्टाचारको आरोपमा मुद्दा चलेकोमा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर सार्वजनिक पदधारण गरेको व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने भएकाले यसरी निलम्बनमा भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको व्यहोरा निर्देशनुसार अनुरोध छ’ आयोगले पढाएको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति:
सोमबार, जेठ ३०, २०७९, ०६:१२:००