काठमाडौं । कैलाली जिल्लाको गेटामा निर्माणाधिन गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन माग गर्दै यहाँबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदरले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । सुदूरश्चिमबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले गेटा मेडिकल कलेजलाई मेडिकल राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन सरकारको ध्यान जानुपर्ने भन्दै प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।
कैलालीमै रहेको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, अछाममा रहेको बयलपाटा अस्पताल र डडेलधुरामा रहेको डडेल्धुरा अस्पताल र अन्य जिल्ला अस्पतालहरूलाई समेत विश्वविद्यालय अन्तर्गत आङ्गिक मेडिकल संस्थानका रूपमा सञ्चालन गर्न सकेमा त्यसले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा ठुलो फड्को मार्ने सांसदहरुको भनाई रहेको छ । प्रस्तावित गेटा मेडिकल कलेजलाई स्तरोन्नति गरेर राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रूपमा अघि बढाउँदा सुदूरपश्चिम मात्र नभई समग्र नेपालमै स्वास्थ्य क्षेत्रको अध्ययन, अध्यापन, अनुसन्धान गर्नेदेखि लिएर अध्ययनका लागि पनि आफ्नै क्षेत्रमा वातावरण बन्ने र यसबाट वर्षेनी कराडौंं रुपैयाँ मेडिकल शिक्षाका लागि बाहिर जानबाट समेत रोकिने उनीहरुको भनाई रहेको छ ।
यस्तै वर्षौँदेखि गुणस्तरीय स्वास्थ्य सेवाका लागि नेपालगन्ज, चितवन, काठमाडौँ वा भारतका विभिन्न सहरमा धाउनुपर्ने बाध्यता अन्त्य हुने, गेटा विश्वविद्यालय निर्माण भए यहाका नागरिकले सर्वसुलभ र प्रभावकारी सेवा पाउने उनीहरुको भार्ना रहेको छ । यसले सुदूरपश्चिमको आर्थिक गतिविधि देखि स्वास्थ्य पर्यटन लगायतका अन्य विविध विषयमा पनि मद्दत पुग्ने छ । विश्वविद्यालयको स्थापना भए पछि सुदूरपश्चिमको मात्रै नभएर समग्र देशकै स्वास्थ्यमा आमूल परिवर्तन ल्याउने र मुख्य गरी सुदूरपश्चिमका जिल्लाका नागरिकले पाउँदै आएको स्वास्थ्य सेवा भन्दा अझ बढी गुणस्तरीय स्वास्थ्य सेवा पाउने उनीहरुको धारणा रहेको छ ।
ज्ञापन बुझाउने सांसदहरू
प्रतिनिधिसभा
१. आशाकुमारी विक, बझाङ, नेकपा एमाले
२. कलुदेवी विश्वकर्मा, कैलाली, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
३. गणेशसिंह ठगुन्ना, दार्चुला, नेकपा एमाले
४. झपटबहादुर रावल, कैलाली, नेकपा एमाले
५. दामोदर भण्डारी, बैतडी, नेकपा एमाले
६. दिलेन्द्रप्रसाद बडू, दार्चुला, नेपाली काँग्रेस
७. डा.दीपकप्रकाश भट्ट, कञ्चनपुर, नेकपा एमाले
८. नरबहादुर धामी, कञ्चनपुर, नेकपा एमाले
९. नारदमुनि राना, कैलाली, नेकपा एमाले
१०. निरादेवी जैरु, डडेलधुरा, नेकपा एकीकृत समाजवादी
११. निरुदेवी पाल, कञ्चनपुर, नेकपा एमाले
१२. प्रकाश रसाइली(स्नेही), बझाङ, नेपाली काँग्रेस
१३. प्रेमबहादुर आले, डोटी, नेकपा एकीकृत समाजवादी
१४. बिना मगर, कञ्चनपुर, नेकपा माओवादी केन्द्र
१५. भीमबहादुर रावल, अछाम, नेकपा एमाले
१६. भैरवबहादुर सिंह, बझाङ, नेकपा एमाले
१७. यज्ञबहादुर बोगटी, अछाम, नेकपा एमाले
१८. रामबहादुर विष्ट, अछाम, नेपाली काँग्रेस
१९. लक्ष्मी कुमारी चौधरी, कैलाली, नेकपा एकीकृत समाजवादी
२०. लालबहादुर थापा, बाजुरा, नेकपा एमाले
२१. विनादेवी बुढाथोकी, कञ्चनपुर, नेकपा एकीकृत समाजवादी
राष्ट्रियसभा
१. इन्दु कडरिया विष्ट, नेकपा एमाले
२. जगतबहादुर पार्की, नेकपा माओवादी केन्द्र
३. तारामान स्वाँर, नेकपा माओवादी केन्द्र
४. नारायणदत्त मिश्र, नेपाली काँग्रेस
५. मदनकुमारी शाह(गरिमा), नेकपा एकीकृत समाजवादी
६. महेशकुमार महरा, नेकपा माओवादी केन्द्र
७. शारदा देवी भट्ट, नेकपा एमाले
८. हरिराम चौधरी, नेकपा माओवादी केन्द्र