धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ३५ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आज दिउँसो साढे ४ बजे बोलाइएको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गर्ने छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा झण्डै ५ अर्बले बढाएर ३५ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । बजेटमा सरकारले भौतिक पूर्वाधार निर्माण, कृषि र पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकता दिने प्रदेश सरकारका एक मन्त्रीले बताए । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा ३० अर्ब ३३ करोडको बजेट ल्याएको थियो ।
प्रकाशित मिति:
बुधबार, असार १, २०७९, ०८:१७:००