धनगढी । निर्वाचन आयोगले आजबाट पुनः मतदाता नामावली संकलन कार्य सुरु गर्न लागेको छ । आयोगले आफ्ना सबै कार्यालयहरू, देशभरका सवै जिल्ला प्रशासन कार्यालय तथा ७३ वटा इलाका प्रशासन कार्यालयबाट आजबाट मतदाता नामावली सङ्कलन सुरु हुने जनाएको छ ।
आयोगले पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने जनाएकोछ । मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति, लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा निर्वाचन अधिकारीले आवश्यक निणर्य गरी त्रुटि समेत सच्याउने आयोगले जनाशउको छ ।
प्रकाशित मिति:
बुधबार, असार १, २०७९, ०८:३४:००