बझाङ । बझाङ जिल्लको बुंगल नगरपालिकामा १२ वर्षकी बालिका बलात्कार गरेको आरोपमा तीन जना किशोर पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका तीन जना किशोरलाई पक्राउ गरिएको बझाङ प्रहरीले जनाएको छ ।
पिडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले । बुंगल नगरपालिका वडा नम्बर १ का १४, १५ र १६ वर्षका तीन जना किशोरलाई पक्राउ गरेको हो । जेठको दोस्रो साता बालिकाका आमाबुबा रोपाइँमा गएको बेला तीनै जनाले बालिकालाई सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप लगाएको छ ।
आरोपितले आफुले बलात्कार गरेको कुरा कसैलाई भनेमा बालिकालाई मार्ने धम्की दिएको पीडित पक्षको बताएको छ । बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि सोधपुछ गर्दा बलात्कार गरेको बताएपछि जाहेरी दिन ढिलाइ भएको पिडित बालिकाका आफन्तले बताएका छन् । आरोपित तीनै जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीको जनाएको छ ।
प्रकाशित मिति:
शुक्रबार, असार ३, २०७९, २१:१७:००