बझाङ । बझाङमा एक जना पुरुष झुण्डिएको अबस्थामा मृत फेला परेका छन् । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ९ मा एक जना पुरुष झुण्डिएको अबस्थामा मृत फेला परेका हुन् ।
जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ९ पौडिकोट घर भएका ४५ बर्षका मिन बहादुर बोहरा आफ्नो घर अगाडि रहेको भिमलको रुखमा झुण्डिएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक जनक ढुंगानाले बताए । उनलाई शुक्रबार दिउँसो रुखमा झुण्डियको अबस्थामा आफन्तले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल बझाङ ल्याइएको छ ।
प्रकाशित मिति:
शुक्रबार, असार ३, २०७९, २१:३१:००