समय परिवर्तनशील रहेको छ । अबको समय भनेको सूनचाको समय हो । कुनै समय थियो धन र दौलतले समाज र व्यक्तिको सम्पन्नता मापन हुन्थ्यो ।
अब सम्पन्नताको मापन भनेको सूचना बन्दै गएको छ, अथवा वर्तमान समयमा जति धेरै सूचना हुन्छन त्यो समाज र व्यक्ति त्यति धेरै सम्पन्न भएको मानिन थालिसकेको छ । हाम्रो मुख्य लक्ष्य भनेको आम नागरिक सम्पन्न होउन् भन्ने हो । अहिलेको समयले अनलाइन मिडियालाई महत्व दिइरहेको छ । समभाव डट कम यसै कारणबाट जन्मेको अनलाइन सञ्चार माध्यम हो । आफ्नो यात्राका क्रममा समभाव डट कम त्यस्ता समचार दिने पर्यत्न गर्ने छ ।
आम जनताका समस्यालाई राज्यको आँखा अगाडी ल्याउने छ, राज्यले गर्ने र गरिरहेका प्रयत्न, प्रयास र हरेक कामलाई समचारका माध्यमबाट जनता सामु पुर्याउने इमान्दार कोसिस समेत गर्ने छ । पत्रकारिताको सिद्धान्तमा रहि हामी समाजलाई सूनचा दिने कार्यमा लागिरहनेछौ । हामी हाम्रो कामबाट कहिल्यै पनि डगमगाउने छैनौँ, सत्यको पक्षमा वकालत गरिरहने छौ । राष्ट्र र राष्ट्रियता हाम्रो मुटु सरह रहनेछ । जसको पक्षमा वकालत गर्न सधै तत्पर रहने छौं ।
हाम्रा यतिका जिम्मेवारी र अविभारालाई पुरा गर्न तपाई पाठक, सुभेच्छुक, विज्ञापनदाता र आम नेपालीहरुको साथ सहयोग हाम्रा लागि महत्वपुणर् साधन रहने छ ।
प्रकाशित मिति:
शनिबार, माघ २४, २०७७, ११:३८:५५